Media

सराेकारवालाहरुले गरे बाल कक्षाहरुकाे अनुगमन

Let's be Social! Share this article with your network

साेम दियाली, बरहथवा
मंसिर २१ गते साेमबार ।। सर्लाहीकाे बरहथवा नगरपालिका, काैडेना र विष्णु गाउँपालिकामा सञ्चालित बाल विकास कक्षा तथा सिपमुलक तालिम केन्द्रहरुकाे अनुगमन गरिएकाे छ ।

बरहथवामा रहेकाे बाल विकास नेपाल नामक संस्थाले “सम्मानजनक जीवनयापनका लागि गुणस्तरीय शिक्षा तथा जिविकाेपार्जन परियाेजना” अन्तर्गत ति पालिकाका विभिन्न विद्यालय र विभिन्न स्थानमा सञ्चालन गरेकाे बाल बिकास कक्षा तथा सिपमुलक तालिम केन्द्रकाे सम्बन्धित पालिकाका प्रतिनिधि, पत्रकार, सञ्चालक संस्थाका बाेर्ड मेम्बर तथा कर्मचारीहरु लगायतका सराेकारवालाकाे टाेलीले अनुगमन गरेका हुन् ।

अनुगमन टाेलीमा बाल विकास संस्थाका अध्यक्ष वीरेन्द्र राय, विष्णु गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत संजीव सापकाेटा, शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधिक सहायक साेवित साह, बरहथवा नगरपालिकाका शिक्षा अधिकृत अनिल कुमार साह, विष्णु गाउँपालिकाका शिक्षा अधिकृत दुर्गा कुमार अाचार्य, काैडेनाका शिक्षा सहायक सिकन्दर मुखिया, बाल विकास नेपालका कार्यक्रम संयाेजक घुरन यादव, शिक्षा अधिकृत सुरेन्द्र राय, लेखा अधिकृत रामप्रवेश पासवान, रामस्वारथ वैठा, पत्रकार राकेश गुप्ता, साेम दियाली लगायत थिए।

टाेली सुरुमा बरहथवा नगरपालिका ६ स्थित सुर्याेदय अाधारभुत विद्यालयमा पुगेकाे थियाे । त्यहाँ सञ्चालित बाल विकास कक्षाका बारेमा शिक्षिका धनवन्ती महताे र प्रधानाध्यापक विश्वनाथ रायले बाल विकास शिक्षाले विद्यालयमा पारेकाे सकारात्मक प्रभावकावारेमा टाेलीलाई जानकारी गराएका थिए । प्रअ रायले बाल विकास नेपालले सञ्चालन गरेकाे कार्यक्रम प्रभावकारी भएकाे र अागामी दिनमा पनि निरन्तरता दिन अाग्रह गरे ।

त्यसपछि अनुगमन टाेली बिष्णु गाउँ पालिकाकाे वडा नम्वर ३ मा सञ्चालित सिलाई कटाई तालिम केन्द्रमा पुगेकाे थियाे । जहाँ विचमै विद्यालय छाडेका बेराेजगार किशाेरीहरु सिलाई कटाई सिक्दै थिए ।
सिप सिकेर स्वराेजगार बन्न प्राेत्साहन गर्ने र जिविकाेपार्जनमा टेवा पुर्याउने उदेश्यले सञ्चालित साे तालिममा सहभागिहरुले अाफुहरु केही गर्ने साेचका साथ सिकिरहेकाे र तालिम राम्राेसँग लिईरहेकाे बताएका थिए । त्यसपछि टाेली साेही गाउपालिकाकाे वडा नम्वर २ मा रहेकाे एक प्राथमिक विद्यलयमा पुगेकाे थियाे । त्यहाँ स्थित राष्ट्रिय अाधारभूत विद्यालयमा सञ्चालित बाल विकास शिक्षाकाे अबस्थाबारे जानकारी लिए पस्चात अनुगमन टाेली काैडेना गाउँ पालिका स्थित त्रिदेव गुरुकुल अाधारभूत विद्यालय पुग्याे ।

त्यहाँका प्रधानाध्यपक सिताराम महताे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम यादवले बाल विकास नेपाल नामक संस्थाले काम गर्न थाले पछि अाफ्नाे विद्यालयमा विद्यार्थीकाे अाकर्षण बढेकाे, नियमित विद्यालय अाउन थालेकाे भन्दै अागामी दिनमा पनि शिक्षा क्षेत्रमै निरन्तर काम गर्न अाग्रह गरेका थिए ।

बाल विकास नेपाल बरहथवाले एड एट एक्सन नेपालकाे सहयाेगमा बरहथवा नगरपालिकाका १०, काैडेना र विष्णु गाउँपालिकाका १०/१० गरी ३० विद्यालयमा बाल बालिकाकाे शिक्षामा काम गरि रहेकाे छ । त्यस्तै बिचैमा विद्यालय छाेडेका किशाेरकिशाेरीलाई जिविकाेपार्जनमा सहयाेग पुर्याउने उदेश्यले सिपमुलक तालिम सञ्चालन गरि रहेकाे जनाएकाे छ ।

 

Read on https://nigranitoday.com/


Other in Media

View All

Contribute

Payment Options: Online, Cheque/DD

----- OR ------
To Donate Scan QR Code
in Paytm App

----- OR ------
For RTGS / NEFT / IMPS
Account Name : Child Development Nepal
Account Number : 0930045588800001 NPR
Bank Name : KUMARI BANK LIMITED
Branch Address : BARAHATHAWA, NEPAL

----- OR ------
For Cheque/Demand Draft
Please make a Cheque/DD in favour of "Child Development Nepal" payable at Nepal and send to us with your complete address, mobile number, email ID and PAN number